• ८ साउन २०८१, मङ्गलबार

राष्ट्रपति पदका लागि पार्टीबाट पर्याप्त समर्थन छ : उपराष्ट्रपति ह्यारिस

blog

वासिङ्टन डिसी,  साउन ८ गते । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आसन्न राष्ट्रपति चुनावका लागि डेमोक्र्याटिक पार्टीबाट उम्मेद्वार बन्न पर्याप्त समर्थन रहेको बताउनुभएको छ ।

आफ्नो पार्टीबाट उम्मेद्वार बन्न आवश्यक समर्थन पाउँदा गौरवान्वित महसुस गरेको छु । म चाँडै औपचारिक रूपमा मनोनयन स्वीकार गर्नेछुू, ह्यारिसले  एक विज्ञप्तिमार्फत बताउनुभयो ।  

डेमोक्र्याटिक पार्टीको बढ्दो दबाबका कारण अमेरिकी राष्ट्रपति जो बाइडेनले आइतबार सन् २०२४ राष्ट्रपतिय चुनावी दौडबाट बाहिरिएको घोषणा गर्नुभएको हो । उहाँले पनि डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेद्वारका रूपमा ह्यारिसलाई आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । 

ह्यारिसले पूर्व सभामुख न्यान्सी पेलोसीसहित धेरै प्रमुख डेमोक्र्याटिक व्यक्तित्वको समर्थन प्राप्त गरेको जनाइएको छ । रासस / सिन्ह्वा