• ८ साउन २०८१, मङ्गलबार

राष्ट्रिय एकताका लागि नयाँ सरकार : उपमहासचिव ज्ञवाली

blog

नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली पत्रकार भेटघाट कार्यक्रममा ।

रमेश विश्वकर्मा

गुल्मी, साउन ८ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल गुल्मीद्वारा तम्घासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

सरकार परिवर्तन मात्र नभएको भन्दै उहाँले मुलुकको अवस्था परिवर्तन गर्नका लागि नयाँ सरकार गठन भएको दावी गर्नुभयो । पछिल्लो समय चलिरहेको अस्थिरतालाई अन्त्य गरी स्थिरता कायम गर्न सरकार परिवर्तनसँगै महत्वपूर्ण राजनीतिक परिवर्तन भएको बताउनुभयो ।

विकासको गतिलाई तीव्रता दिन नेपालको राष्ट्रिय एकताका लागि एमाले र नेपाली कांग्रेसबिच गठबन्धन भएको बताउनुभयो । शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै सुशासन र राजनीतिक स्थायित्व कायम गर्ने गरी वर्तमान केपी शर्मा ओलि नेतृत्वको सरकारले काम गर्ने भन्दै युवालाई उद्यमशीलताका लागि आवश्यक वातावरण सिर्जना गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।