नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बाँकेको नरैनापुर गाउँपालिका–६ स्थित पहाडको टाकुरामा अवस्थित सन्तानेश्वर मन्दिरबाट देखिएको चुरे पहाड र फेदमा बगिरहेको राप्ती नदी ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि गुल्मीमा छ परीक्षा केन्द्र तोकिएको छ । यही साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परीक्षाका लागि यस जिल्लाका विभिन्न चार विद्यालयमा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लोकनाथ मरासिनीले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले स्वार्थको द्वन्द्व बाझिँदा मुलुकमा भ्रष्टाचार बढेको बताउनुभएको छ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन ९ गते नेपालका प्रमुख मुख्तियार जनरल भीमसेन थापाको जन्म दिन परेकाले सार्वजनिक बिदा दिन लागिएको भीमसेन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले विद्यालयका प्रधानाध्यापक शिक्षा सेवा आयोगबाट ल्याउने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।
गृहमन्त्री रमेश लेखकले मनसुनलगायतका विपद् पीडितलाई सबै जिल्लामा आवश्यक राहतको व्यवस्था मिलाइएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदले राखेको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो।
गोरखामा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर रोगको जोखिम न्यूनीकरणका लागि गोरखा नगरपालिकामा निःशुल्क स्त्री रोग जनरल स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।
साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।
पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा–१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत संसार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको शपथ तथा पदभार ग्रहण बुधबार हुने भएको छ । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेलबासेका अनुसार बुधबार बिहान ८ : ३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ ।
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद पदम गिरीले बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको हो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सहजताको लागि नगरपालिकाले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको जनाएको हो ।