• ८ साउन २०८१, मङ्गलबार

बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको अवस्थाबारे संसद्लाई जानकारी गराउन माग

blog

सांसद मनीष झा । फाइल तस्बिर

काठमाडौँ, साउन ८ गते। प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले बङ्गलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसद्लाई जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपाली सुरक्षित अवस्थामा रहे पनि त्यसबारे सरकारले संसद्लाई विस्तृत जानकारी गराउनुपर्ने बताउनुभयो। 

सांसद झाले बङ्गलादेशमा नेपाली विद्यार्थी धेरै अध्ययनका लागि गएकाले उनीहरूले त्यो हिंसात्मक घटनापछि पीडा भोग्नुपरेकाले सरकारले त्यसबारे सदनलाई जानकारी गराउने र उनीहरूको पीडालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो। 

बङ्गलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सयभन्दा बढी नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ।