• ८ साउन २०८१, मङ्गलबार

बङ्गलादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

blog

ढाका,  साउन ७ गते । बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बिच बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैङ्क र प्रहरीको आधिकारिक वेबसाइटहरू  द रेजिष्टेन्सु नामक समूहद्वारा ह्याक गरिएको छ । 

तीनवटै वेबसाइटहरूमा , “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो  भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको  छ ।  

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत  राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध  भएको जनाइएको छ ।   

समूहले तत्काल ह्याकर, ओएसआइएनटीु अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् ।  

“न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस् , ह्याकरहरुले चेतावनी दिएका छन् । 

उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ  ।

बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरूको सन्तानका लागि  प्रदान गरिएको ३० प्रतिशत आरक्षण  कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए  । रासस / एएनआई