• ८ साउन २०८१, मङ्गलबार

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला

blog

वसन्त पराजुली

भरतपुर, साउन ८ गते । चितवन राष्ट्रिय निकुञ्ज नजिकको मानव बस्तीमा गैँडा मृत अवस्थामा भेटिएको छ । निकुञ्जका पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगर पालिकाको शिश्वारस्थित मकैबारीमा मरेको गैँडा भेटिएको हो । 

गैँडा बूढो भएर मरेको बत्ताइन्छ । खाग खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ । मरेको गैँडाको आजै पोस्टमार्टम गरिने डा. श्रेष्ठले जानकारी दिनुभयो ।