• ८ साउन २०८१, मङ्गलबार

विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ८ गते । प्रतिनिधि सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सर्वसहमतिबाट स्वीकृत भएको हो ।

उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसद माधव सापकोटा, मनिष झा, प्रतिमा गौतम, नागिना यादव, नारायणी शर्मा, ठाकुरप्रसाद गैरे, रणेन्द्र बराली, विमला सुवेदी, निशा डाँगीले भाग लिनुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै अर्थमन्त्री पौडेलले सुरक्षित कारोबारसम्बन्धी ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न आवश्यक भएकाले संशोधन प्रक्रिया अघि बढाइएको स्पष्ट पार्नुभयो । सभामुख घिमिरेले उक्ते ऐनमाथि संशोधन दर्ता गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा आफ्नो संशोधन दर्ता गराउन सक्ने जानकारी गराउनुभयो । रासस