• ८ साउन २०८१, मङ्गलबार

फुटबलकर्मी लालबहादुरको निधन

blog

लालबहादुर खड्का ।

काठमाडौँ, साउन ८ गते। नेपालका पूर्व राष्ट्रिय फुटबल तथा एथलेटिक्स खेलाडी लालबहादुर खड्काको मङ्गलबार ५९ वर्षको उमेरमा निधन भएको छ। उहाँ मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो।

धनगढी उत्तरबेहडीमा जन्मनुभएका लालबहादुरले एथलेटिक्सबाट खेल जीवन सुरु गर्नुभएको हो। छोटो दुरीका धावक लालबहादुरले लङजम्प पनि खेल्नुभएको छ। लालबहादुरले २०४२ सालदेखि फुटबल पनि खेल्न थाल्नुभयो। चार वर्ष सुप क्षेत्रीय प्रहरी टिमको सेवा गर्ने मौका पाउनुभयो।

२०५२ सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहायक फुटबल प्रशिक्षक पनि नियुक्त हुनुभयो। लालबहादुरको कमानमा पोखरामा भएको राष्ट्रिय महिला फुटबलमा सुदूरपश्चिमको टिमले तेस्रो स्थान प्राप्त गरेको थियो। यसैगरी छैटौँ राष्ट्रिय खेलकुदमा उहाँकै प्रशिकत्वमा सुपको पुरुष टोलीले एपिएफलाई हराएर स्वर्ण पदक जित्यो।

लालबहादुरकी श्रीमती रुपादेवी पनि कबड्डी र फुटबलका पूर्व खेलाडी हुनुहुन्छ। २०४० सालमा  पोखरामा दोस्रो राष्ट्रिय खेलमा कबड्डी खेलेकी रुपाले विवाहपछि सेतीको प्रतिनिधित्व गर्दै आफूले दाङमा अञ्चल स्तरीय फुटबल खेल्नुभएको थियो।