• ८ साउन २०८१, मङ्गलबार

परराष्ट्रमन्त्रीसँग स्विस राजदूतको शिष्टाचार भेट

blog

परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.ड्यानियल म्युली मोन्टेलेओन शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन ८ गते । परराष्ट्रमन्त्री डा. आरजु राणासँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा.ड्यानियल म्युली मोन्टेलेओनले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा भएको सो भेटमा नेपाल–स्वीट्जरल्याण्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित, सहयोग र समन्वयका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस