• ८ साउन २०८१, मङ्गलबार

बागमतीको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त

blog

बागमती प्रदेश मुख्यमन्‍त्री बहादुर सिं लामा तामाङ। तस्बिर: राममणि दाहाल

राममणि दाहाल 

हेटौँडा, साउन ८ गते। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा (तामाङ) नियुक्त हुनुभएको छ। 

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा लामालाई नियुक्त गर्नुभएको हो। 

कांग्रेस र एमालेले सत्ता साझेदारी गर्ने सहमति अनुसार बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता लामाको नेतृत्वमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख शर्मासमक्ष मंगलबार दिउँसो मात्र दाबी पेस भएको थियो।

प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्रीमा नियुक्तिपछि मुख्यमन्त्रीको शपथ बुधबार बिहान ११ बजे हुनेछ। कांग्रेसका ३७ र एमालेका २७ प्रदेश सभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो।


यसअघि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आइतबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दललाई आह्वान गर्नुभएको थियो।  

यो पनि पढ्नुहोस

नुवाकोट–२ (ख) मा कांग्रेसका बहादुरसिंह विजयी