• ८ साउन २०८१, मङ्गलबार

सुत्केरी दिदी र कुरुवा बहिनीको निधन

blog

नेत्र शाही 

जुम्ला, साउन ८ गते । जुम्लामा १२ दिनको सुत्केरी र उहाँलाई कुर्न एकै कोठामा सुतेकी बहिनीको निधन भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका –५, कालेखोलीस्थित कोठामा सुतेको अवस्थामा निसास्सिएका दुई दिदीबहिनीको निधन भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक क्षेदीलाल कामतिका अनुसार कालेखोलीमा सुतिरहेको अवस्थामा निसास्सिएर पातारासी गाउँपालिका ६ निवासी २२ वर्षीय मायालक्ष्मी महतारा र उहाँका बहिनी अन्दाजी १८ वर्षकी जुनमाया रोकायाको निधन भएको छ । 

पातारासी गाउँपालिका लुमभोटगाउँ घर भएकी जुनमाया दिदी मायालक्ष्मी सुत्केरी भएको अवस्थामा स्याहारसुसार गर्न सदरमुकाम बस्नुभएको थियो । दिदीको सोमवार र बहिनी जुनमायाको आइसियुमा उपचारको क्रममा मंगलबार बिहान ६ः३० बजे निधन भएको छ ।

प्रहरीका अनुसार उहाँहरू सुतेको कोठामा मंगलबार बिहान श्रीमान् र अन्य व्यक्तिहरूले ढोका खोल्दा दुवै जना घोप्टो अवस्थामा ढलेको भेटिनुभएको थियो ।  सोमबार उहाँलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको थियो । केही समयमा सुत्केरी १२ दिनकी सुत्केरी मायालक्ष्मी महताराको निधन भएको थियो । 

प्रहरीका अनुसार अस्पतालमा सुत्केरी मायालक्ष्मीको पुग्ने बित्तिकै सोमवार निधन भएको थियो । बहिनी र १२ दिनको बच्चाको उपचार भइरहेको अवस्थामा मंगलवार बिहान बहिनी जुनमायाको समेत निधन भएको थियो ।