• ८ साउन २०८१, मङ्गलबार

आँगनमा खेल्दाखेल्दै बालकको मृत्यु

blog

राजु लामिछाने

रुकुमपश्चिम, साउन ८ गते । रुकुमपश्चिममा एक बालकको आँगनमा खेल्दाखेल्दै मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा १ माथिल्लो कैलदेऊ निवासी लंबहादुर बोहराका दुई वर्षीय छोरा तनव बोहराको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार आज बिहान घरको आँगनमा खेल्ने क्रममा काल्नोमा खसेर बालक घाइते भएका थिए ।

टाउकोमा चोट लागेर बेहोस भएका बालकलाई जिल्ला अस्पताल सल्लेमा  उपचारका लागि ल्याएको बेला चिकित्सकले मृत घोषणा गरेको डिएसपी पोखरेलले जानकारी दिनुभयो ।