• ८ साउन २०८१, मङ्गलबार

निर्माण व्यवसायीको मागप्रति सरकार सकारात्मक छ

blog

निर्माण व्यवसायीको बधाई ग्रहण गर्नुहुँदै उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह।

काठमाडौँ, साउन ८ गते। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको छ। मंगलबार नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा सिंहले यस्तो बताउनु भएको हो। 

सिंहले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर हुने भन्दै निर्माण व्यवसायीलाई पनि आयोजना समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए।सो क्रममा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीले राखेका जायज माग सम्बोधन गर्न सरकार  सकारात्मक रहेको भन्दै अब  लामो कुरा भन्दा काम गरेर देखाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ।