डा. शोभाकुमारी ढुङ्गानाद्वारा लिखित समकालीन नेपाली कथाका प्रवृत्ति र विश्लेषण नामक पुस्तक लोकार्पण गरिएको छ ।
बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को टोलीले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटघाट गरी समसामयिक विषयहरूमा छलफल गरेको छ ।
ताप्लेजुङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक ग्रेडवृद्धिका लागि परीक्षा केन्द्र निर्धारण गरिएको छ । ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न जिल्लाका विभिन्न छ विद्यालयलाई परीक्षा केन्द्र तोकिएको हो ।
मुगुस्थित नेपाल-चीन सीमामा रहेको नाक्चे लाग्ना नाका दुई साताका लागि खुल्ने भएको छ । कोरोना महामारीका बेला बन्द उक्त नाका यही साउन १७ गते देखि साउन ३१ गतेसम्म खुला रहने छ ।
काठमाडौँबाट पोखराका लागि उडेको जहाज बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
पछिल्लो समय नवलपुरमा आत्महत्याको स्थिति डरलाग्दो देखिएको छ । पछिल्लो तीन वर्षकोमा जिल्लामा तीन सय ७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ ।
फ्रान्सको पेरिसमा आयोजना हुने पाराओलम्पिकमा नेपालका पलेसा गोवर्धन र भरतसिंह महताले प्रतिस्पर्धा गर्नुहुनेछ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताउनुभएको छ ।
बागमती प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले विपन्न परिवारका प्रदेशवासी क्यान्सरपीडितलाई स्वास्थ्य उपचारका लागि एक लाख सहुलियत प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका २ र ३ वडाको रुन्चेत र लुसिकाङ भन्ने ठाउँको बुढी गण्डकी नदी माथिको १२२ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मिति भन्दा तीन महिना अगावै सम्पन्न भएको हो ।
कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार राजस्व सङ्कलन भएको छ ।
तनहुँको व्यास नगरपालिकाले जग्गा व्यवस्थापन नहुँदासम्म नकुहिने फोहाेर कार्यालय परिसरमै व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले अर्को स्थानको व्यवस्था नभएसम्म कार्यालय परिसरमा फोहर व्यवस्थापन गर्न लागेको हो ।
सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरणको उद्धारबारे समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको छ ।
यो सता लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम उच्च देखिएको छ ।