• ९ साउन २०८१, बुधबार

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबारे लिनुभयो ब्रिफिङ

blog

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाबारे व्रिफिङ लिनुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ९ गते । सौर्य एयरको विमान दुर्घटनास्थल अवलोकनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्ययन प्राधिकरणको उद्धारबारे समन्वय केन्द्रमा ब्रिफिङ लिनुभएको छ । 

प्रधानमन्त्री ओलीले घटना ज्यादै दुःखद, हृदयविदारक र अकल्पनीय भएको बताउनुभयो । उहाँले निधन भएकाहरूप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । घाइते क्याप्टेनको स्वास्थ्यलाभको कामना उहाँले गर्नुभयो । 

यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउँदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभएको छ । 

घटना  कसरी भयो, मानवीय वा प्राविधिक कमजोरी कसरी भयो भन्नेबारेमा अध्ययन गरिने उहाँले बताउनुभयो । ब्रिफिङ कार्यक्रममा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहितको सहभागिता थियो ।