• ९ साउन २०८१, बुधबार

सौर्य एयरलाइन्सको विमान दुर्घटनाका ३० तस्बिर

blog

काठमाडौँ, साउन ९ गते। काठमाडौँबाट पोखराका लागि उडेको जहाज बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।  उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सको विमानमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो। मृतक सबै सौर्य एयरलाइन्सका कर्मचारी हुन्। 

पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक डा. विशद दाहालले उहाँको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले उहाँको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको छ।

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। बुधबार करिब ११ :११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो। 

त्यसैगरी, जहाजमा एस कटुवाल, अमितमान महर्जन, सागर आचार्य, दिलीप वर्मा, मनुराज श्रेष्ठ, आश्विन निरौला, सुदीपलाल जोशी, सर्भेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा सवार थिए। 



तस्बिरः न्युज एजेन्सी नेपाल