• ९ साउन २०८१, बुधबार

प्रधानमन्त्री ओली विमानस्थलमा

blog

तस्बिर : केशव गुरुङ

काठमाडौँ,  साउन ९ गते ।  प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुग्नुभएको छ ।

यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिई आवश्यक निर्देशन दिनुभएको थियो । 

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनामा परेको थियो ।  सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार  १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । रासस