कर्णाली प्रदेशमा एक वर्षमा सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशभर एक हजार चार सय ४५ सवारी दुर्घटनामा परी एक सय १२ जनाको मृत्यु भएको हो ।
शुक्लाफाँटा नगरपालिका–७ जुडका प्रतापसिंह धामी तीन दशकदेखि नर्सरी व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँका दाजु पानसिंह र भतिज रुपसिंह धामीको पनि छुट्टै नर्सरी छ । उहाँहरूका नर्सरीमा फलफूल, काठ र घर सजावटमा प्रयोग हुने सबै प्रकारका बिरुवा पाइन्छन् ।
मुक्तिनाथ दर्शनका लागि हिंडेका यात्रीहरु कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका –२ बैसरी पहिरोको जोखिम मोल्दै पार गर्न बाध्य छन् ।
गोरखामा अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्ड १ महिना पछि सुचारु भएको छ । असारको पहिलो हप्ता देखि परेको अविरल वर्षाका कारण सातदोबाटे – पन्थिनी – गाईखुर सडक खण्डको चाँपपानी, बाघडाडा र पन्थिनीमा ठुलो पहिरोले ढुङगा माटो सहितको पहिरो गएपछि बुधवार पालुङटार नगरपालिकाको सहयोगमा पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।
तुलसीपुर–८ की उर्मिला चौधरीलाई ढकिया, कलमदानी र झोला बनाउन भ्याइनभ्याइ हुन्छ । तुलसीपुर–८, बटोलपुरकी उर्मिला चौधरीलाई रोगले च्यापे पनि काममै व्यस्त हुनु पर्छ ।
झापाको कचनकवल गाउँपालिका –४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति पौने ९ बजे वडा ४ बस्ने १५ बर्षीय विशालकुमार शाहको करेन्ट लागेर मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय खेलकुदको मञ्च ठूलो भए पनि नेपालले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको एसियाली खेलकुद (एसियाड) मा सर्वप्रथम प्रवेश गरेको थियो । सन् १९५२ को हेलसिन्की ओलम्पिकमा पर्यवेक्षकका रूपमा नेपालबाट नरशमशेर जबरा र कृष्णबहादुर वर्मा पठाइएको भनिए पनि त्यसको आधिकारिकता पुष्टि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत गर्न सकेको छैन ।
मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिनुभएको छ ।
‘गुरु’ शब्द कति गायनयोग्य छ है गुरु ? तर तपाईं गुरुहरू यत्रो वर्षसम्म पनि वास्तविक ‘गुरु’ बन्न सक्नुभएन कि जस्तो पनि लाग्छ मलाई । बारम्बार महागुरुहरूलाई सोधेँ । आफ्नै आत्मालाई पनि निकै पटक बिन्ती
म्याग्दी, साउन १० गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ वडाको सिमानामा पर्ने अँधेरीखोलामा पहिरो पन्छाउँदै मजदुरहरु । बेनी–जोमसोम सडकमा खस्ने पहिरो रोकथामका लागि पहिरो पन्छाएर पर्खाल निर्माण थालिएको हो । तस्बिरः रासस
दाङको घोराही उपमहानगरपालिका (१८ स्थित घोरदौराबाट बिहीबार बिहानीपख देखिएको सदरमुकाम घोराही बजार र दाङ उपत्यकाको दृश्य ।
पोखराको फेवातालमा परिवारसहित डुङ्गा सयर गर्दै विदेशी पर्यटक।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्वारको रुपमा रहेको रत्नराजमार्ग अन्तर्गत वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका सिमानामा रहेको भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य ।
उत्तरी हुम्लाको नाम्खा गाउँपालिकाका आठ वटा विद्यालयमा पच्चीस भन्दा कम विद्यार्थीहरू अध्ययन गर्दै आएका छन् । माथिल्लो कक्षा छोड्ने क्रम वृद्धि भएसँगै ती विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको हो ।
इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको बाल बचत खातामा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ ।