• १२ साउन २०८१, शनिबार

जोखिम मोलेर पहिरो पार गर्दै यात्रुबाहक बस

blog

बैंसरी पहिरो पार गर्दै यात्रुबाहक बस । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, साउन १० गते । मुक्तिनाथ दर्शनका लागि हिंडेका यात्रीहरु कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका –२ बैसरी पहिरोको जोखिम मोल्दै पार गर्न बाध्य छन् ।  

म्याग्दी खण्डमा पहिरोका कारण वर्षायाममा यात्रा जोखिमपूर्ण भएको छ । सडक माथिदेखि पहिरो खस्ने भएकाले यो खण्ड अत्यन्तै जोखिमपूर्ण छ । यहाँ सडक माथिबाट लेदोसहितको ढुङ्गा झरिरहन्छ । सडकदेखि माथि ठुलो पहिरो छ । 

म्याग्दी खण्डमा मात्र साना र ठुला गरी करिब ५० स्थानमा पहिरोका कारण यात्रा जोखिमपूर्ण बनेको हो । म्याग्दी खण्डमा पहिरो र कालिगण्डकी कटानका कारण धेरै स्थानको सडक छिया–छिया भएको छ ।