• १२ साउन २०८१, शनिबार

करेन्ट लागेर एकको मृत्यु

blog

लीलाराज खड्का

बिर्तामोड, साउन १० गते । झापाको कचनकवल गाउँपालिका –४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति पौने ९ बजे वडा ४ बस्ने  १५ वर्षीय विशालकुमार शाहको करेन्ट लागेर मृत्यु भएको हो ।

खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उहाँलाई तत्काल उपचारका लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने जनाइएको छ ।