• १० साउन २०८१, बिहिबार

ढुङ्गा लागेर एकको मृत्यु

blog

राममणि दाहाल

हेटौँडा, साउन १० गते । मकवानपुरको बकैया गाउँपालिका –१२ चालिसेडाँडास्थित निजगढ–काठमाडौँ द्रुतमार्गको सुरुङमार्ग भित्र काम गर्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार दिउँसो ३:३० बजेको समयमा द्रुतमार्गको सुरुङमार्गभित्र काम गर्ने क्रममा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  जिल्ला बारा निजगढ घर भई हाल बकैया गाउँपालिका –१२  स्थित सुरुङमार्गमा काम गरी बस्ने वर्ष २७–२८ को विमल थिङको घटनास्थलमा मृत्यु हो ।

साथै निजसँगै काम गर्ने  जिल्ला तनहुँ घर भई सुरुङमा काम गर्दैआएका वर्ष २८ का राजु विकका ढाड र कम्मरमा चोट लागेर गम्भीर अवस्थामा रहेको र हाल हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ  ।