• १० मंसिर २०८१, सोमबार

सूचना प्रविधि र एआईको प्रयोग

blog

सूचना प्रविधि र एआईको बढ्दो प्रयोगलाई प्युठान जिल्लाले पूर्ण रूपमा सुरक्षित हुँदै प्रयोग गर्नु पर्छ । विश्वका धेरै जसो विकसित मुलुक पनि बदलिँदो सूचना र प्रविधिको अभ्यासलाई आत्मसात् गरेर नै अघि बढेका छन् ।

प्युठान जिल्ला प्राकृतिक सौन्दर्य, जलसम्पदा, पर्यापर्यटन, पर्यटकीय स्थल, खनिज, जडीबुटी र पवित्र तीर्थस्थल स्वर्गद्वारीका नामले परिचित छ । यो जिल्ला सांस्कृतिक सम्पदा, कृषि उत्पादन, रैथाने बालीका साथै परम्परागत खेतीलगायत विभिन्न जातजाति भाषा धर्मले पनि पूर्ण छ । लुम्बिनी प्रदेशमा अवस्थित गौतम बुद्धको जन्मस्थल लुम्बिनी, सुपादेउरालीबाट नजिकै रहेको प्युठान जिल्ला इतिहासप्रेमी, प्रकृतिप्रेमी, कला संस्कृतिमा रुचि राख्न खोज्ने खोजकर्ताका लागि विशाल अध्ययनको क्षेत्र पनि हो । प्राकृतिक सुन्दरताका लागि स्विट्जरल्यान्डको झल्को दिने प्युठान जिल्ला राजनीतिक चेतना विकासका हिसाबले नेपालमै अग्रपङ्क्तिमा आउँछ । रोल्पा, दाङ, अर्घाखाँची, गुल्मी र बागलुङसँग सिमाना जोडिएको प्युठानमा, मटितेल, डिजेल, पेट्रोल, फलाम, तामाको खानी रहेको भूगर्वविद् बताउँछन् । माडी र झिमरुक नदीबाट धेरै स्थानमा विद्युत् निकाल्न सकिने विभिन्न अध्ययनले देखाएको छ । झिमरुक जलविद्युत् परियोजना यसै जिल्लामा पर्छ । नेपाल अधिराज्यमा लोडसेडिङमुक्त जिल्ला प्युठान मात्र हो तर व्यवस्थापकीय कमजोरीका कारण पटक पटक लोडसेडिङ बेहोर्नु जिल्लाबासीको नियति नै भएको छ । 

प्युठान जिल्लाको सूचना प्रविधिको वर्तमान अवस्थालाई हेर्ने हो भने एफएम रेडियो, टेलिभिजन, मोबाइल, दैनिक एवं साप्ताहिक पत्रिका, कम्प्युटर प्रशिक्षण केन्द्रबाट प्रदान गरिने इमेल, इन्टरनेट सेवा सञ्चालनमा छन् । ढाँडा, मच्छी, खलङ्गा, विजुवार, भिङ्गृमा निजी क्षेत्रबाट सञ्चालित कम्प्युटर प्रशिक्षण केन्द्र रहेका छन् । कम्प्युटरसम्बन्धी पार्टपुर्जा साथै मर्मतका लागि जिल्लाबाहिर जानु पर्दैैन । जनतामा विबाग्दुलामा १८ महिने टिएसएलसी तहको जुनियर कम्प्युटर टेक्निसियन कार्यव्रmम विगत केही वर्षदेखि सञ्चालनमा रहेको छ । मोतीमावि बरौला र नयाँगाउँ माविमा कक्षा ९–१२ कम्प्युटर विज्ञान सञ्चालनमा रहेको छ । सामुदायिक र प्राइभेट स्कुलहरूमा कम्प्युटर शिक्षा पढाइ हुने गरेकाले यसको विकास र विस्तारमा विद्यार्थी, शिक्षक, अभिभावक, आमसरोकारबाला र स्थानीय तहको ध्यान जान जरुरी छ । धेरै सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच पुगेको अवस्था छ तर शिक्षण सिकाइमा यसको प्रयोग निकै न्यून छ । प्युठान जिल्लामा सूचना प्रविधिको अवस्था नेपालका अन्य ग्रामीण क्षेत्र जस्तै चुनौतीपूर्ण छ । यहाँका प्रमुख चुनौतीमा इन्टरनेट पहुँचको कमी, इन्टरनेट सेवाप्रदायक संस्थाको मानोपोली, कमजोर डिजिटल पूर्वाधार, र सूचना प्रविधिसम्बन्धी जनशक्तिको अभाव, प्राइभेट सेक्टरलाई विश्वासमा लिन नसक्नु रहेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वमा तहल्का मच्चाइरहँदा यस जिल्लामा सूचना प्रविधि र शिक्षासम्बन्धी विषयमा सेमिनार, गोष्ठी, सम्मेलन, अन्तव्रिर्mया, कार्यशाला अत्यन्त न्यून मात्रामा आयोजना गरिएका छन् । हालसम्म सूचना प्रविधिसम्बन्धी विकासको पूर्वाधार तयार भएकोे अवस्था छैन । सूचना प्रविधिको प्रयोगसम्बन्धी राम्रो व्यवस्थापन हुन नसक्दा विद्यार्थी, शिक्षक, किसान, व्यापारी, डाक्टर, वकिललगायत आमजनसमुदाय सूचनाको पहुँचबाट टाढा रहनुका साथै सार्वजनिक सेवाप्रवाहले नागरिक स्तरमा उत्साह र विश्वास जगाउन सकेको छैन ।

प्युठान जिल्लामा सञ्चालन गर्न सकिने सूचना प्रविधिका केही मोडेल

टेलिसेन्टर ः टेलिसेन्टरको स्थापना गरी यसको मद्दतले आमनागरिकलाई सहजै सूचनाको पहुँचसम्म पु¥याउन सकिन्छ । इमेल, इन्टरनेटलगायत, फोटोकपी फ्याक्सलाई सँगै राखी सार्वजनिक विद्युतीय सेवा पनि प्रदान गर्न सकिन्छ । भिडियो कन्फरेन्सको माध्यमबाट बेरोजगार युवालाई विभिन्न विषयका सिपमूलक प्रशिक्षण सञ्चालन गर्न सकिन्छ । यो थोरै लागतमा सबै स्थानीय तहमा स्थापना गर्न सम्भव छ । यहाँबाट आमसरोकारवालाले आफूलाई चाहिने आवश्यक सूचना र विभिन्न तथ्याङ्क लिन सक्छन् ।

ई हेल्थ ः टेलिमेडिसिनको माध्यमबाट सहजै राजधानी र देशबाहिर रहेका नेपाली डाक्टरसँग सम्पर्क स्थापित गरी सेवा लिन सकिन्छ । यसले समय, पैसा बचाउँछ भने सेवालाई पनि छिटो छरितो बनाउँछ । नेपाल सरकारले टेलिमेडिसिन ललितपुरको पाटन अस्पतालबाट देशका अन्य जिल्लामा सञ्चालन गर्दैै छ । अहिले भिडियो कन्फरेन्सका माध्यमबाट राजधानीका चलेका डाक्टरहरूसँग स्वास्थ्य सेवा लिन सम्भव छ । यसका लागि वडा स्तरमा रहेका स्वास्थ्य चौकीको स्तर वृद्धि गरी त्यहीँबाट यो सेवा सुचारु गर्न सके आमनागरिकलाई आर्थिक रूपमा निकै सस्तो पर्ने र गुणस्तरीय सेवासमेत प्रदान गर्न सकिन्छ ।

ई एजुकेसन ः समुदायिक विद्यालयमा ई लाइबे्ररी सञ्चालन गरी ई लर्निङ सेवालाई सहजीकरण गर्न सकिन्छ । नेपाल सरकारले विकास गरेका ई लर्निङ प्लेटफर्महरूलाई प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म धेरै विषयलाई अध्यापन गराउन सकिन्छ । स्थानीय भाषामा वेबसाइट निर्माण गरी विद्यार्थी एवं आमजनताको चेतना अभिवृद्धि गर्न सकिन्छ । स्थानीय ज्ञान र सिपलाई समेटेर शिक्षासम्बन्धी सफ्टवेयर एपलिकेसन विकास गरी प्युठान जिल्लाको विस्तृत विवरणसहित विभिन्न क्षेत्रसँग सम्बन्धित शैक्षिक सामग्री राखी आमनागरिकको चेतना र सिप विकास गर्न सकिन्छ । देशविदेशमा रहेका प्रशिक्षकबाट विभिन्न विषयमा प्रशिक्षण सञ्चालन गर्न सम्भव छ ।

ई बिजनेस ः व्यापारी र किसानलाई इमेल, इन्टरनेटको साथै एआईको प्रयोग विषयमा तालिम दिई उनीहरूको व्यापार र उत्पादन वृद्धि गर्नुका साथै उत्पादित वस्तुका लागि बजार खोज्न सजिलो बनाउँछ । प्रत्येक पालिका अन्तर्गत रहेका व्यापारीबिच नेटवर्क बनाई सहकारीमार्फत जिल्लाको उत्पादनलाई खरिद गरी जिल्लाभित्र बिव्रmीवितरण गर्ने र बढी भएको सामान जिल्लाबाहिर पठाउन सकेमा यसले बिव्रmीवितरणलाई सजिलो बनाउनुका साथै सस्तो पनि पर्न जान्छ । बजार सुनिश्चित भएमा कृषक उत्पादन वृद्धि गर्न स्वतः आकर्षित हुन्छन् ।

ई एग्रिकल्चर ः कृषकलाई इमेल, इन्टरनेटसम्बन्धी तालिम दिएर वेबसाइट प्रयोग गरी बजार खोज्न सक्ने क्षमता अभिवृद्धि गराउन सके उनीहरू आफ्नो बजार खोज्नका साथै बजार विस्तारमा पनि सहयोग पुग्ने छ । पालिकाहरू मिलेर कृषिसम्बन्धी एप्लिकेसन विकास गरी आमकृषकको पहुँचमा पु¥याउन सके यसले कृषक दाजुभाई दिदीबहिनीलाई कृषि उत्पादन गर्न सहज भई बजारीकरणमा टेवा पुग्ने छ । नौ वटै स्थानीय तहले एक आपसमा समन्वय गरी एकीकृत कृषि एप्स विकास गर्न सम्भव छ । यसो गर्दा आर्थिक रूपमा कम लागत पर्न जाने हुन्छ र जिल्ला र जिल्लाबाहिर रहेका कृषक एवं व्यापारीले यसको लाभ लिन सक्छन् ।

ई गभर्नेन्स ः सरकारी सेवा जनताको घरदैलोमा सजिलै पु¥याउन सकिने भरपर्दाे माध्यम भनेकै सूचना प्रविधि हो । सूचना प्रविधिका विभिन्न माध्यम प्रयोग गरी नागरिकलाई सर्वसुलभ तरिकाले सरकारी सेवाप्रदान गर्नु राज्यको प्रमुख दायित्व हो । सबै स्थानीय तहले एकद्वार प्रणालीबाट सेवा प्रदान गर्न यो विधि अत्यन्त फलदायी हुन्छ । अहिले पालिकाहरूले केही अनलाइन सेवा सुरु गरेका छन् । सामाजिक सञ्जालको माध्यमबाट सूचना प्रवाह पनि भएका छन् तर नागरिकका व्यक्तिगत डाटा र पालिकामा रहेका नागरिकका डाटाको सुरक्षाको विषयमा स्थानीय तहले नीति बनाउन सकेको अवस्था छैन । काठमाडाँै महानगरपालिका र ललितपुर उपनगरिपालिकाले प्रयोग गरेका सूचना प्रविधिका मोडेल अन्य पालिकाले प्रयोग गर्दा फरक पर्दैन । यसले सर्वजनिक सेवा प्रवाहलाई सहज र सरल बनाउँछ ।

गुड गभर्नेन्स ः हाल अदालत, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, नापी कार्यालय, नेपाल टेलिकम, मालपोत कार्यालय, खानेपानी, नेपाल विद्युत् प्राधिकरण, सिँचाइ, सडक कार्यालय, जिल्ला अस्पताललगायत नेपाल सरकारका अधिकांश कार्यालयमा सूचना प्रविधिको प्रयोग र सहयोगमा कार्यसम्पादन हुँदै आएको छ । सुशासन कायम राख्नका लागि सहयोग गर्ने सार्वजनिक सुनवाइ, आन्तरिक लेखा परीक्षण, सामाजिक परीक्षण, व्यवस्थापन परीक्षण जस्ता विधि सरकारी र गैरसरकारी क्षेत्रमा लागु गरेर जान सूचना प्रविधिको महìवपूर्ण भूमिका हुन्छ । यसको विकास र विस्तार गर्न सके जिल्लाले विकास र अन्य क्षेत्रमा पनि फाइदा लिन सक्छ ।

ई टुरिजम ः स्वर्गद्वारी जस्तो पवित्र तीर्थस्थल यस जिल्लामा पर्ने हुनाले सूचना प्रविधि र सामाजिक सञ्जाललाई प्रयोग गरेर यसको विश्वव्यापी प्रचार प्रसार हुन जरुरी छ । प्युठान जिल्लामा ऐरावती, गौमुखी, शिवालय मेला, मल्लरानी, पाँखाचितीको दशधारा, तोरवाङ दहखोलामा रहेको करिब दुई सय वर्ष पुरानो सिद्धमन्दिर, भालु गुफा, इश्नाथान मन्दिर, लुङको दिवाली, बिजुलीकोट भित्रिकोट राजाको दरबार, डल्ले सरायँ मेलालगायत दर्जनौँ स्थान पर्यटकीय हिसाबले महìवपूर्ण छन् । लुम्बिनी, स्वर्गद्वारी र गौमुखीलाई पर्यटकीय हिसाबले जोड्न आवश्यक छ । स्वदेशी र विदेशी पर्यटकलाई सही सूचना सहजै प्रदान गर्न स्थानीय तह मिलेर वेबसाइट निर्माण गरी सूचनालाई व्रmमबद्ध रूपमा वेबसाइटमा राख्न जरुरी छ ।

साइबर भिलेज ः सबै स्थानीय तहका हरेक वडा स्तरमा निःशुल्क इन्टरनेट सेवाको सञ्जाल विस्तार गरी साइबर भिलेज निर्माण गर्न सकिन्छ । सबै स्थानीय तहको संयुक्त तथ्याङ्क बैङ्क निर्माण गर्न सकिन्छ । यसबाट जिल्लाको विस्तृत योजना बनाउन सहयोग पुग्छ र कार्यसम्पादन, मूल्याङ्कन, अवलोकन गर्न र कतिपय कुरा नियन्त्रण गर्नमा पनि सहयोग पुग्छ । ज्ञानमा आधारित सबल र सक्षम समाजको निर्माणमा साइबर भिलेजले महìवपूर्ण योगदान दिने छ । 

यस जिल्लामा रहेका सरकारी, गैरसरकारी कार्यालय, व्यवसायी, स्कुल, कलेज, रेडियो, मिडिया घर, सबै स्थानीय तह र वडा कार्यालय, स्वास्थ्यसँग सम्बन्धित सबै कार्यालय र आमनागरिकका घरमा रहेका इलेक्ट्रोनिक्स, कम्प्युटर, फोटोकपी, प्रिन्टर, मल्टिमिडिया प्रोजेक्टर, मोबाइल र अन्य सामानको मर्मतसम्भार र सेवाग्राहीलाई चाहिने अन्य सामान उपलब्ध गराउन सकेमा केही स्वरोजगारी सिर्जना हुने छ । कार्यालय, व्यवसायी र सेवाग्राहीले आआफूले चाहेको कन्सलटेन्ट सेवाको लाभ अवश्य लिन सक्ने छन् । स्थानीय वस्तु, ज्ञान, जनशक्ति, र सिपको प्रयोग गर्न सबै स्थानीय तहले सक्नु पर्छ र चासोका साथ लिनु पर्छ ।

अन्त्यमा सूचना प्रविधि र एआईको बढ्दो प्रयोगलाई प्युठान जिल्लाले पूर्ण रूपमा सुरक्षित हुँदै प्रयोग गर्नु पर्छ । विश्वका धेरै जसो विकसित मुलुक पनि बदलिँदो सूचना र प्रविधिको अभ्यासलाई आत्मसात् गरेर नै अघि बढेका छन् । विज्ञान, सूचना प्रविधि र एआईको प्रयोगको विषयमा सबै स्थानीय तहको एउटै एजेन्डा, नीति र साझा कार्यव्रmम बनोस् ।

Author

डा. शैलेन्द्र गिरी