• १० साउन २०८१, बिहिबार

शिक्षण पेसासँंगै तरकारी खेती

blog

हुम्ला समाचारदाता 

हुम्ला, साउन १० गते  । परिश्रम गरेपछि कमाउन टाढा जान पर्दैन भन्ने भनाइ चरितार्थ सिमकोट गाउँपालिका–५ को कालाशिल्ता आधारभूत विद्यालयका शिक्षक शक्तिसिंह रावतले देखाउनुभएको छ । बिहान र बेलुकाको समयमा उहाँले दैनिक तरकारी खेतीमा समय दिएर अतिरिक्त आम्दानी गर्दै आउनुभएको छ ।

शिक्षक रावतले मौसमी र बेमौसमी तरकारी फलाएर मनग्गे आम्दानी गरेको बताउनुभयो । विद्यालय समयपछि तरकारी खेतीमा उहाँले दैनिक छदेखि सात घण्टा काम गर्ने गरेको जानकारी दिनुभयो । तरकारी बेचेर मात्र एक हप्तायता ६० हजारभन्दा बढी कमाइ हुने गरेको  उहाँको भनाइ छ । तरकारीमा काउली, बन्दा, गोलभेँडा, धनियाँ, मुला, गाँजर, सिमी, प्याज, लसुन उत्पादन हुने गरेका छन् । घरमा एक जना मात्र जागिर भएका रावतलाई यो पेसाले घरव्यवहार धान्न मात्र नभएर छोराछोरीलाई अध्ययन गराउनसमेत पुगेको बताउनुभयो । हाल रावतले तीन रोपनी जग्गामा तरकारी खेती र स्याउ खेती पनि गरेको बताउनुभयो । उत्पादन भएको तरकारी बिव्रmीका लागि रावतलाई समस्या छैन । कम्पोस्ट मल प्रयोग गरिने तरकारी स्थानीय होटेललगायतका ग्राहकबाट बारीबाटै बेच्ने गरेको पनि उहाँले बताउनुभयो ।