• १२ साउन २०८१, शनिबार

परराष्ट्रमन्त्रीसँग श्रीलङ्काली राजदूतको शिष्टाचार भेट

blog

तस्बिर : रासस

काठमाडौँ, साउन १० गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपालका लागि श्रीलङ्काली राजदूत सुदर्शना पाथिरनाले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा.राणाको कार्यकक्षमा भएको सो भेटका क्रममा दुई देशको आपसी हित तथा नेपाल-श्रीलङ्का सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । रासस