• ११ साउन २०८१, शुक्रबार

अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने

blog

वासिङ्टन, साउन ९ गते । अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिनुहुनेभएको छ । आफ्नो सङ्घीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उहाँले राजीनामा दिन लाग्नुभएको हो । 

मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर फिलिप डी. मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने उल्लेख गर्नुभएको छ । जसले जनवरीसम्म सेवा गर्ने प्रतिस्थापनलाई तुरुन्तै नियुक्त गर्ने अपेक्षा गरिएको छ । 

न्यु जर्सीका सिनेटर र शक्तिशाली सिनेट विदेश सम्बन्ध समितिका पूर्व प्रमुख मेनेन्डेजले गत साता न्यूयोर्कको म्यानहट्टनमा सङ्घीय जूरीले दिएको दोषी फैसलाविरुद्ध अपिल गर्ने प्रतिबद्धता गर्नुभएको थियो । 

न्यूयोर्कका सङ्घीय अभियोजकहरूले यसअघि डेमोक्र्याटिक सिनेटरले विदेशी सरकारहरूलाई सहयोग गर्ने बदलामा घुस लिएको आरोप लगाएका थिए । मेनेन्डेजलाई घुसखोरी, धोका, विदेशी एजेन्टको रूपमा काम गरेको भन्दै दोषी ठहर गरेको हो । 

अभियोजकहरूले घुसको बदलामा मेनेन्डेजले इजिप्टको लागि अमेरिकी सहायतामा लाखौं डलर सुरक्षित गर्न सहयोग गरेको आरोप लगाइएको छ । सिन्ह्वा