• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण

blog

अविनाश चौधरी

धनगढी, साउन १० गते । सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा जनवरीदेखि हालसम्म १७१ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । जसमध्ये जुन महिनामा सबैभन्दा बढी ४६ जना डेङ्गुबाट ग्रसित भएका छन् ।  

निर्देशनालयको बुलेटिनमा उल्लेख भएअनुसार यो प्रदेश सभा तराईभन्दा पहाडी क्षेत्रमा डेङ्गुको सङ्क्रमण बढ्दो रहेको देखिएको छ । डोटी र अछाममा डेङ्गु सङ्क्रमण तराईभन्दा पनि बढी रहेको जनाइएको छ । डोटीमा हालसम्म ४९, अछाममा ३९ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । 

कञ्चनपुरमा २६, दार्चुला र बाजुरामा १५–१५, कैलालीमा १२, डडेलधुरामा सात, बैतडी र बझाङमा चार–चार जनामा डेङ्गु सङ्क्रमण भएको जनाइएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगको सङ्क्रमण भएमा ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान लाग्ने लगायतका लक्षण देखिने गरेको जनाइएको छ । यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन जरुरी रहेको निर्देशनालयले जनाएको छ ।