• ११ साउन २०८१, शुक्रबार

सुनसरी जिल्ला अस्पतालमा बिहान ७ बजेबाटै ओपिडी सेवा

blog

सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट राति ८ बजेसम्म ओपीडी सेवा सुरु गरेपछि राति ओपीडीमा आएका सेवाग्राहीहरु । तस्बिर : जयकृष्ण याद

जयकृष्ण यादव 

इनरुवा, साउन १० गते । सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट राति ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको छ । जिल्ला अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन शाखा प्रमुख राजकुमार मेहताले जानकारी दिनुभयो । 

मेहताका अनुसार सेवाग्राहीहरूको माग र सरकारको उद्देश्यलाई पुरा गर्नका लागि सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट बिहान ७ बजेदेखि राति ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो । 

जिल्ला अस्पतालमा बिहानदेखि रातिसम्म ओपिडी सेवा सञ्चालनमा आएपछि दैनिक ३० देखि ८० जनासम्म सेवाग्राहीले थप बढी सेवा लिएको अस्पतालको तथ्याङ्कले देखाएको छ । मेहताका अनुसार दैनिक साँझको ओपिडीमा ३० जनादेखि ५० जना र बिहानको कार्यालय समय अगाडिको बिरामीहरू गरी ८० जनासम्म सेवा लिँदै खुसी हुँदै जाने गरेको छ ।

जिल्ला अस्पतालको इतिहासमा पहिलो पटक बिरामीले बेलुका ओपिडीमा उपचार पाउँदा खुसी भएर जाने गरेकोले हाम्रो अस्पताल टिमको प्रयास राम्रो जस्तो लागेको मेहताको भनाइ छ ।