• ११ साउन २०८१, शुक्रबार

कीर्तिपुरका नगर प्रमुख नकर्मीको निधन

blog

काठमाडौँ, साउन ११ गते। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो । 

मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । 

चार जना जनप्रतिनिधि रिक्त

प्रमुखको निधनसँगै यस नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो ।