गुल्मीमा नयाँ उद्योग दर्तामा कमी आएको पाइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा बर्सेनि भइरहेका नयाँ दर्ता र लगत कट्टाको अवस्था हेर्दा घरेलु तथा साना उद्योगको अवस्था घट्दै गएको पाइएको हो ।
वर्षाको झरी र इन्द्रेणीको घेराभित्र बिहीबार दिउँसो देखिएको रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आसपासको दृश्य
रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डका लागि आवेदन खुला गरेको छ । विवाहित महिलाबिच सौन्दर्य प्रतियोगितामार्फत व्यक्तित्व विकास गर्ने उद्देश्यले मिसेस नेपाल वल्र्ड गरिँदै आएको छ ।
अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् ।
प्रशान्त तामाङ निर्देशित चलचित्र ‘सारङ्ग’ को ‘चिसो बतास’ बोल गीतमा २२ बालबालिकाले कोरस गायन गरेका छन् । डिपी खनालको गीत रचना रहेको गीतले बालमनोविज्ञान तथा बालअधिकारको विषयलाई उठाएको छ ।
घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो ।
दुई ठुला दल मिलेर दुई तिहाइको विश्वाससहित बनेको सरकारले देशमा शान्ति, समृद्धि र राजनीतिक स्थिरता कायम गरी जनताको अपेक्षा पूरा गर्न सके मात्र कांग्रेस एमाले गठबन्धनको औचित्य पुष्टि हुन्छ । लोकतन्त्रपछि देशमा केही हुँदै नभएको होइन तर अझै पनि अँध्यारो पाटो, खास गरी आर्थिक समृद्धिको पाटो बाँकी छ ।
पछिल्लो समयमा सूचना तथा सञ्चार प्रविधिको विकाससँगै बैङ्किङ क्षेत्रमा भइरहेको यसको प्रयोगले गर्दा विभिन्न किसिमका वित्तीय प्रविधि प्रचलनमा आइरहेका छन् । मोबाइल बैङ्किङ, ई बैङ्किङ, डिजिटल मुद्रा, डिजिटल वालेट, डिजिटल कर्जा, डिजिटल नियमन प्रविधि आदिलाई वित्तीय प्रविधिका उदाहरणका रूपमा लिन सकिन्छ ।आधुनिक जीवनशैलीमा अति व्यस्त संसारभरका मानिसको वित्तीय आवश्यकता पूरा गर्न वित्तीय प्रविधिले सहज, छिटोछरितो, भरपर्दो, कुशल तथा मितव्ययी रूपमा सेवा दिइरहेको छ । यसले मानिसको वित्तीय व्यवहारमा परिवर्तन ल्याउनुका साथै विश्व अर्थतन्त्रलाई नै रूपान्तरण गर्न भूमिका खेलिरहेको छ ।शिक्षित समुदायमा केन्द्रित वित्तीय प्रविधि वित्तीय क्षेत्रमा आधुनिक वित्तीय प्रविधिको प्रयोगले वित्तीय पहुँच र वित्तीय समावेशिता वृद्धि भइरहेको छ । यद्यपि प्रायः वित्तीय प्रविधि शिक्षित समुदायलाई लक्षित गरी विकास गरिनुका साथै सोही अनुरूप प्राथमिकता दिइएको छ । यसर्थ अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा वित्तीय प्रविधिको पहुँचबाट बाहिर छ । परिणामस्वरूप अन्य डिजिटल प्रविधिमा जस्तै वित्तीय प्रविधिको प्रयोगमा पनि असमानता देखिएको छ । वित्तीय प्रयोग गर्ने र नगर्ने मानिसका बिचमा ठुलो खाडल देखा परेको छ ।हामीले प्रयोग गर्ने प्रायः वित्तीय प्रविधिका सेवा प्रायः लेख्य सामग्रीमा आधारित छन् । त्यस किसिमका सेवा प्रयोग गर्न विभिन्न अक्षर तथा शब्दको राम्रो ज्ञान हुनु पर्छ । डिजिटल बैङ्किङ एपका प्रयोगकर्ताले विभिन्न किसिमका अक्षर र शब्द पढ्न, लेख्न र बुझ्न सक्नु पर्छ अनि मात्र एपसँग अन्तव्रिर्mया गर्न र वित्तीय कारोबार गर्न सक्षम हुन्छन् । उनीहरूका लागि युजरनेम (प्रयोगकर्ताको नाम), पासवर्ड र पिन अति महìवपूर्ण हुन्छन् । कारोबारलाई चुस्त, दुरुस्त र सुरक्षित राख्न प्रयोगकर्ता उच्च तवरले सजग र इमानदार रहनु पर्छ । यस किसिमका सूचना तथा सन्देश शिक्षित वर्गलाई लक्षित गरी जारी गर्ने गरिएको छ र सोही वर्गका मानिस बढी लाभान्वित हुने गरेको पाइन्छ ।चित्त नबुझ्ने तथ्याङ्क नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत छ । यसर्थ नेपालको कुल जनसङ्ख्याको झन्डै एक चौथाइ जनसङ्ख्याले अझै पनि राम्रोसँग पढ्न लेख्न सक्दैनन् । थप विषय केन्द्रित हुने हो भने नेपालको वित्तीय साक्षरता दर ५७.९ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कद्वारा गरिएको सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ । यसले नेपालका ४२ प्रतिशतभन्दा बढी मानिसमा वित्तीय योजना तथा निर्णय निर्माणका सन्दर्भमा पर्याप्त ज्ञान नभएको सङ्केत गर्छ ।त्यसै गरी कुनै पनि संस्थाले आधिकारिक तथ्याङ्क नराखे पनि नेपालको डिजिटल साक्षरता दर ३१ प्रतिशतको हाराहारीमा रहेको एक अध्ययनले देखाउँछ । यसले नेपालको दुई तिहाइभन्दा बढी जनसङ्ख्यामा कम्प्युटर, स्मार्टफोन, इन्टरनेट जस्ता डिजिटल उपकरण र प्रविधिको सही ढङ्गले प्रयोग गर्न आवश्यक पर्ने ज्ञान तथा दक्षताको अभाव रहेकोे देखाउँछ ।अर्कोतर्फ नेपाल राष्ट्र बैङ्कद्वारा सार्वजनिक गरिएको गत जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा मोबाइल बैङ्किङ प्रयोगकर्ता सङ्ख्या दुई करोड ४३ लाखभन्दा बढी रहेकोे देखिन्छ जुन झन्डै कुल जनसङ्ख्याको ८० प्रतिशत हुन आउँछ । त्यसै गरी डिजिटल वालेट प्रयोगकर्ताको सङ्ख्या पनि दुई करोड ३० लाखभन्दा बढी रहेकोे देखिन्छ ।मोबाइल बैङ्किङ तथा डिजिटल वालेटका प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल बैङ्किङको विस्तारमा राम्रो उपलब्धि हासिल भइरहेको भन्दै नीतिनिर्माता उत्साहित छन् । धेरै नै उत्साहित भइहाल्नुपर्ने अवस्था भने छैन किनभने प्राप्त तथ्याङ्कको गहन विश्लेषणमा हामीले गरेका छैनौँ ।माथि उल्लिखित तथ्याङ्कलाई गहन रूपमा अध्ययन र विश्लेषण ग¥यौँ भने तथ्याङ्कमा दोहोरोपन भएको पाउन सक्छौँ, जसले नीतिनिर्मातालाई निराश बनाउन सक्छ । एउटै ग्राहकले धेरै बैङ्कमा खाता कायम गर्न सक्ने र त्यही अनुसार मोबाइल बैङ्किङ सेवा लिएको हुन सक्ने देखिन्छ । त्यसै गरी एउटै व्यक्तिले धेरै डिजिटल वालेट प्रयोग गरिरहेको हुन सक्छ ।डिजिटल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या बढ्नुको कारण पहिले नै कुनै बैङ्क वा वालेटमा दर्ता भएको ग्राहकले थप अन्य बैङ्क वा वालेटमा दर्ता भएकाले हो, नयाँ ग्राहक थपिएकाले भने होइन । डिजिटल बैङ्किङ प्रयोगकर्ताको सङ्ख्या न्यून हुन सक्छ । अझै पनि जनसङ्ख्याको ठुलो हिस्सा आधुनिक बैङ्किङ सेवाबाट वञ्चित छ । यस्तो अवस्था सिर्जना हुनुको एउटा मुख्य कारण निरक्षरलाई लक्षित गरेर वित्तीय प्रविधिको विकास तथा प्रयोगमा जोड नदिइनु हो ।नीतिगत प्रयास आवश्यक निरक्षर जनतामा पनि वित्तीय प्रविधिको पहुँच विस्तार गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले केही नीतिगत प्रयास गर्नुपर्ने छ । दुवै निकायले निरक्षर जनतालाई लक्षित गरेर वित्तीय प्रविधिको विकास र प्रयोगमा जोड दिने नीति लिनु पर्छ । वित्तीय साक्षरता कार्यव्रmमको विस्तारसँगै वित्तीय प्रविधिको पहुँच विस्तारमा ध्यान दिइनु पर्छ ।वित्तीय प्रविधिको विकासमा संलग्न कम्पनीलाई वित्त तथा मौद्रिक नीतिमार्फत केही विशेष व्यवस्था गरी उत्साहित तुल्याउनु पर्छ । निरक्षर र पिछडिएको वर्गलाई लक्षित गरी वित्तीय प्रविधिको विकास गर्ने त्यस्ता कम्पनीलाई केही वर्ष कर छुट दिनेलगायतका अन्य सहुलियतका सुविधा प्रदान गर्न सकिन्छ ।वित्तीय प्रविधिका विभिन्न एपको विकासमा संलग्न कम्पनीले जोखिम मोलेरै लगानी गर्नुपर्ने हुँदा व्यावसायिक विस्तार, नाफाको सुनिश्चित, बजार सुरक्षा आदि खोज्नुलाई स्वाभाविक मान्नु पर्छ । तसर्थ त्यस्ता कम्पनीको प्रवर्धन र हित रक्षाका निमित्त सरकार तथा नियामकीय निकायले आवश्यक सहयोग गर्नु पर्छ ।सम्भावित प्रविधि विदेश पलायनको प्रभाव तथा परिवारको बढ्दो आय स्तरले गर्दा पछिल्लो समयमा नेपाली परिवारका युवा सदस्यको मात्र नभई वृद्ध बाआमाको हातहातमा समेत स्मार्टफोन पुगेको छ । उनीहरूले फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत विभिन्न समाचारबारे जानकार हुने मात्र नभई युट्युबमा आफूलाई मनपर्ने भिडियो हेर्न सक्नुहुन्छ । मुलुकको ग्रामीण इलाकाका धेरै जसो मानिस विशेष गरी महिला स्थानीय सहकारी संस्था या लघुवित्त संस्थाका सदस्य छन् र अशिक्षित या अर्धशिक्षित भए पनि उनीहरूमा वित्तीय कारोबारका सम्बन्धमा आधारभूत ज्ञान छ । त्यस्ता मानिसलाई लक्षित गरी वित्तीय प्रविधिको विकास गरिनु पर्छ ।बैङ्क खाता खोल्नेदेखि मोबाइल बैङ्किङ एपमा दर्ता हुनसम्म श्रव्यदृश्य अन्तव्रिर्mयामार्फत आवश्यक फाराम भर्ने व्यवस्था मिलाउन सकिन्छ । बैङ्क खाता तथा कारोबारको पहुँच र सुरक्षाका लागि बायोमेट्रिक भेरिफिकेसन अर्थात् जैविकमापन प्रमाणीकरण विधि प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत औँठाछाप, अनुहार या आँखाको नानी पहिचान गरी प्रमाणीकरण गर्ने आदि गर्न सकिन्छ ।ग्राहकलाई आफ्नो खातामा रकम जम्मा भएको या आफ्नो खातामार्फत रकम बाहिरिएको जानकारी दिन भोइस अलर्ट अर्थात् आवाजमार्फत सूचना दिने प्रविधिको प्रयोग गर्न सकिन्छ । यसरी प्रयोगकर्तामैत्री एवं सहजै प्रयोग गर्न सकिने एपको विकास गरियो भने शिक्षित होस् या अशिक्षित जोकोहीले पनि वित्तीय प्रविधिको भरपुर उपभोग गर्न पाउने छ । नेपाल राष्ट्र बैङ्कले अबको केही वर्षमा सिबिडिसी अर्थात् केन्द्रीय बैङ्क डिजिटल मुद्रा जारी गर्न लागेको छ । यस सन्दर्भमा पनि उक्त डिजिटल मुद्राको प्रभावकारी कार्यान्वयनका लागि निरक्षर मानिसलाई समेत समेट्दै गरिने डिजिटल बैङ्किङको विकास र प्रयोग थप लाभदायक हुने देखिन्छ ।
एकातिर कठोर राणा शासन र तिनले लादेका नियम कानुन तगारोको रूपमा खडा थिए भने अर्कातर्फ रूढिवादी सोचविचारबाट ग्रसित परम्परावादी समाज र तिनले तेस्र्याएका अनुशासन र मर्यादाका काँडा थिए । यस्तो कठिन र असहज परिस्थितिमा पनि पण्डित तोयनाथलगायतले अदम्य साहस गर्नुभयो, अनौ समात्नुभयो, हलो जोत्नुभयो र क्रान्तिको बिगुल फुक्नुभयो ।
हरेक नयाँ सरकारलाई अग्रिम सुझाव दिने, ध्यानाकर्षण गराउने र त्यस्ता सुझाव कार्यान्वयनका लागि रचनात्मक सहयोग गर्ने संस्कारले लोकतन्त्रलाई थप सुदृढ गर्न र राजनीतिक स्थिरता कायम गर्न बल नै पुर्याउने छ । हामीले बिर्सिनु हुँदैन, अस्थिर राजनीति र छोटो समयमा फेरिने सरकारका कारण देशले निकै ठुलो क्षति भोगिरहेको छ ।
यहाँको दार्मा गाउँपालिकाले खानेपानी अभाव भएका बस्तीमा पानी पु-याउन खानेपानी स्रोत खोजी कार्य सुरु गरेको छ । पछिल्लो समय पानीको मुहान सुक्दै जान थालेपछि पानीको हाहाकार मच्चिन थालेको छ । जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण पानीका स्रोत सुक्दै गएका छन् । तीव्र गतिमा पानीका मुहान सुक्दै जाँदा पहाडी क्षेत्रका धेरै बस्तीमा जनजीविकामा समेत असर पारेपछि पालिका पानीको स्रोतको खोजीमा जुटेको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित अवधी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाएको छ । यसअघि दोस्रो चरणमा वैकल्पिकसहित आठ सय लैजाने भन्दै आवेदन माग गरिएकोमा हाल थप गरेर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने भएको छ ।