• ११ साउन २०८१, शुक्रबार

इजरायलका लागि बढ्यो कोटा

blog

काठमाडौँ, साउन ११ गते । इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाएको छ । यसअघि दोस्रो चरणमा वैकल्पिकसहित आठ सय लैजाने भन्दै आवेदन माग गरिएकोमा हाल थप गरेर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मन्त्रालयमा सो विषयमा सहमति भएको जनाइएको छ । वैदेशिक रोजगार विभागले वैकल्पिकसहित आठ सय जनाका लागि गएको असार ११ देखि साउन ११ सम्म आवेदन माग गरेको छ । विभागका अनुसार आवेदन माग गर्दा छनोट हुुने पाँच सय उम्मेदवार र तीन सय वैकल्पिक गरी आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएको थियो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले हाल माग गरिएको आवेदनबाटै थप गरिएको सङ्ख्या छनोट गरिने जानकारी दिनुुभयो । विभागका अनुसार वैकल्पिकसहित आठ सय जनाका लागि गरिएको आवेदनमा हालसम्म तीन हजारभन्दा बढीको आवेदन आइसकेको छ । तिनै आवेदकमध्येबाट दुुई हजार जना छनोट गरिने छ । आवेदन दिने समय साउन ११ गते शुुव्रmबारसम्म छ । 

यस पटक आवेदन माग गर्दा सुुरु चरणबाट नै पारदर्शी तथा निष्पक्ष तरिकाले भाषा परीक्षा गरिएका कारण छनोटमा कुनै विवाद नहुने दाबी विभागका महानिर्देशक घिमिरेले गर्नुुभयो । विभागका अनुसार यस पटक पहिलो चरणमा नै छनोट भएका अधिकांश युवा इजरायल जाने अवसर पाउने छन् ।विभागका अनुसार हाल जिटुजी प्रक्रिया अन्तर्गत केयरगिभरका रूपमा नेपाली श्रमिक इजरायल पठाउने सिलसिलामा भइरहेको छनोट प्रक्रियाबारे इजरायलले चासो दिएका कारण छनोटलाई पारदर्शी र निष्पक्ष गरिएको छ । पछिल्लो समय भारत तथा बङ्गलादेशबाट समेत श्रमिक लैजाने तयारी गरिरहेको इजरायलले नेपालबाट तत्काल श्रमिक लैजान आवेदन माग गरेको जनाइएको छ । 

इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित नयाँका लागि आवेदन र पुरानाका लागि भिसा तथा करार सम्झौता धमाधम हुन थालेको विभागले जनाएको छ । आवेदकले अङ्ग्रेजी भाषा परीक्षणको प्रमाणपत्रका रूपमा ब्रिटिस काउन्सिलबाट लिने फाउन्डेसन इङ्ग्लिस टेस्ट (एफटिई) को कम्तीमा ए–२ लेभलको प्रमाणपत्र अपलोड गर्न सक्ने छन् । 

नेपाल र इजरायलबिच २०७७ असोज १४ गते इजरायलको श्रम बजारमा नेपाली श्रमिकको रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । त्यही सम्झौतालाई कार्यान्वयन गर्नका लागि २०७७ माघमा दुई देशबिच इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर भएको थियो । दुुई देशबिचको सम्झौता अनुसार इजरायलमा केयरगिभरमा एक हजार १५० भन्दा बढीले डेढ वर्षदेखि काम गर्दै आएका छन् ।