• ११ साउन २०८१, शुक्रबार

रङ्गशाला निर्माणका लागि प्रधानमन्त्रीद्वारा त्रिवि पदाधिकारीसँग छलफल

blog

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर र रजिष्टारसँग छलफल गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्न लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति, रेक्टर र रजिष्टारसँग सो विषयमा छलफल भएको हो । 

छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ । ‘आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिष्टारसँग कीर्तिपुरस्थित क्रिकेट मैदानमा रङ्गशाला निर्माण गर्नका लागि लिजमा जग्गा उपलब्ध गराउने विषयमा छलफल भयो, छलफलमा सिनेट बैठक र ग्रेसलिष्टको विषयमा पनि कुराकानी भयो’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।