• ११ साउन २०८१, शुक्रबार

'नयाँ पुस्तालाई नेतृत्व दिँदा राष्ट्र एकजुट हुनेछ'

blog

अमेरिकी राष्ट्रपति जो बाइडेन ।

वासिङ्टन, साउन १० गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो नेतृत्व र दृष्टिकोण अमेरिकाका लागि अविस्मरणीय रहने बताउनुभएको छ । आफू सबै किसिमले दोस्रो कार्यकालका लागि योग्य रहेको भए पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु राष्ट्रलाई एकताबद्ध गर्नु रहेको उहाँले बताउनुभएको हो।  

बाइडेनले ११ मिनेटको भाषणमा अब अमेरिकीहरूले गर्ने निर्णयहरूले राष्ट्र र विश्वको भाग्य आगामी दशकहरूमा निर्धारण गर्ने उल्लेख गर्नुभयो । अझै पनि इमानदारी, शिष्टता, सम्मान, स्वतन्त्रता, न्याय र लोकतन्त्रमा विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।

बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक राष्ट्रपतिको उम्मेद्वारको रूपमा मनोनयन गर्न आफ्नो पूर्ण समर्थन रहेको बताउनुभएको छ । उहाँले रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउन डेमोक्र्याटहरूलाई एकजुट हुन आग्रह गर्नुभयो । 

यस्तै, राष्ट्रपति बाइडेनले औपचारिक रुपमा राष्ट्रपतिको दौडबाट पछि हट्ने बताउनुभएको थियो । सिन्ह्वा