• १२ साउन २०८१, शनिबार

संविधान संशोधन गर्ने सहमति मान्दैनौँ : झलनाथ खनाल

blog

काठमाडौँ, साउन १२ गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेबिचको सहमति मान्य नहुने चेतावनी दिनुभएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। 

सम्मानित नेता खनालले सत्तारुढ दुई ठुला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनै पनि सहमति सह्य नहुने बताउनुभयो। उहाँले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठुला दलबिच सहमति भएको भनिएको सुनिएको उल्लेख गर्दै त्यो सही भए आफूहरूले मेचीदेखि महाकालीबाट सङ्ग्राम सुरु गर्ने बताउनुभयो। खनालले संविधान संशोधनको विषयलाई ठुला राजनीतिक दलले खेलाँचीको विषय बनाउन नहुने बताउनुभयो।

नेता खनालले सत्तारुढ कांग्रेस–एमालेले हस्ताक्षर सहितको सात बुँदे सहमति प्रस्तुत नगरेर संसद्लाई समेत ढाँटेको जिकिर पनि गर्नुभयो।