म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ। सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर सञ्चालन गर्न लागेको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्यबारे स्पष्ट पार्न सरकारसँग माग गर्नुभएको छ ।
नुवाकोटको बिदुर नगरपालिका १ स्थित सामुदायिक विद्यालय त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा सञ्चालित विद्यालय नर्स सेवा प्रभावकारी बनेको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले परिचय पत्र नम्बर नभए पनि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नु भन्ने सूचना जारी गरे पनि विभागको दर्ता प्रणालीमा परिचय पत्र नराखी नवीकरण नहुने भएको छ ।
काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषदमा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएका १८ शव आफन्तले बुझेको संसद्लाई जानकारी गराउनुभएको छ ।
नेपालकी सुटर सुस्मिता नेपाल र पौडीबाज डुवाना लामा पेरिस ओलम्पिकको प्रारम्भिक छनोट चरणबाटै बाहिरिनु भएको छ ।
कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका-८ सिगानाको सिगाना माध्यमिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकामको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताउनुभएको छ ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ पशुपति टोलका घरमा असुरक्षित तरिकाले भाडामा पानी राख्दा दुई जनालाई हैजा देखिएको पुष्टि भएको छ ।
मेचीनगर नगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक राजस्व १३ करोड ५२ लाख पाँच हजार आठ सय ९७ सङ्कलन गरेको छ । आव २०७९/८० तुलनामा एक करोड ९० लाख ८४ हजार दुई सयबढी राजस्व सङ्कलन भएको हो ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजी बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिनुभयो ।
दुधमा अनुदान पाएपछि वालिङका कृषक उत्साहित भएका छन् । नगरपालिकाले उत्पादनमा आधारित रहेर दुधमा नगद अनुदान दिएपछि कृषक उत्साहित भएका हुन् ।
आर्थिक वर्ष २०८०/८१ मा १६ अर्ब ९३ करोड बराबरको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवमा एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत भारतर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख आम्दानी गरेको हो ।