कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटाका स्थानीयले गाउँमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् ।
गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आइतबार बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।
काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो ।
गोरखापत्र अनलाइन काठमाडौं, साउन १३ गते । आजको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरुभएको हो ।
खोटाङमा दुई ठाउँमा नयाँ प्रहरी चौकी थप गरिएको छ । नागरिकको शान्तिसुरक्षा कायम गर्न एवं आपराधिक क्रियाकलाप रोक्न जिल्लामा दुई ठाउँमा प्रहरी चौकी थप गरिएको हो ।
जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
गुल्मीमा हालसम्म ८९ प्रतिशत धान रोपाइँ भएको छ ।
बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुन : सुरु गर्ने चेतावनी दिएको छ । प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा दुई सय पाँच जनाको मृत्यु भएको थियो ।
कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शुद्धोधन गाँउपालिका –५ सिवलवा बस्ने ५६ वर्षीय गम्तरा अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको उर्लाबारी –२ स्थित इलाका प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८०–८१ मा ११ हजार ४९० जनाले राहदानी लिएका छन् । ४ हजार ५२१ जना महिला र ६ हजार ७९४ जना पुरुषले राहदानी लिएको प्रशासन कार्यालयका राहदानी शाखाका कर्मचारी विजय गोठाले गौतमले बताउनुभयो ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार अध्यागमन र राष्ट्रिय सुरक्षाका लागि जिम्मेवार दुई मन्त्रीलाई हटाउनुभएको छ ।
देशकै कम कैदीबन्दी रहने मनाङको कारागार भवन ठूलो र सुविधासम्पन्न छ ।
मध्य चीनको हुनान प्रान्तमा आएको आकस्मिक बाढीले निम्त्याएको पहिरोबाट स्थानीय अतिथिगृह ध्वस्त भएको र ११ जनाको मृत्यु हुनुका साथै कम्तिमा एक जना अझै बेपत्ता रहेको चिनियाँ राष्ट्रिय सञ्चारमाध्यम (सिसिटिभी)ले जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेजबाट तीन हजारभन्दा बढी चिकित्सक उत्पादन भएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।