• १३ साउन २०८१, आइतबार

कान्ति लोकपथ अवरुद्ध

blog

मकवानपुर,  साउन १३ गते ।  काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत  ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो । 

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटाैंडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ । 

अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । रासस