• १३ साउन २०८१, आइतबार

सामाजिक सुरक्षा भत्ताका लागि बाँकेमा दुई अर्ब निकासा

blog

सिराज खान 

नेपालगन्ज, साउन १३ गते। आर्थिक वर्ष २०८०।०८१ मा बाँके जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि करिब दुई अर्ब निकासा गरिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय, बाँकेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा बाँके जिल्लाका आठ स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि एक अर्ब ८० करोड १३ लाख ३१ हजार ३१३ रुपियाँ बजेट आएको थियो । 

सो मध्ये एक अर्ब ८० करोड ७ लाख ३५ हजार ५१६ रुपियाँ निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख मोहन शरण भण्डारीले जानकारी दिनुभयो। 

उहाँले करिब करिब सबै रकम निकासा भएको जनाउँदै सरकारले बाँकेमा सामाजिक सुरक्षा भत्ताका लागि एक अर्ब ८० लाख भन्दा बढी खर्च गर्दै आएको बताउनुभयो। 

बाँकेमा सबै भन्दा बढी सामाजिक सुरक्षा भत्ता नेपालगन्ज उपमहानगरपालिकाले वितरण गर्दै आएको प्रमुख भण्डारीले बताउनुभयो। 

उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा गत आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि ४३ करोड १० लाख २४ हजार ८१ रुपियाँ निकासा भएको थियो।

कोष तथा लेखा नियन्त्रकको कार्यालय बाँकेका अनुसार, बाँकेको कोहलपुर नगरपालिकामा २५ करोड ५ लाख ६४ हजार ९०८, खजुरा गाउँपालिकामा २३ करोड ६६ लाख ९५ हजार ८५८ रुपियाँ सामाजिक सुरक्षा भत्ताका लागि निकासा भएको थियो ।

त्यस्तै, जानकी गाउँपालिकामा १५ करोड ४४ लाख ४४ हजार ४४२ रुपियाँ, डुडुवा गाउँपालिकामा १४ करोड ९७ लाख ५७ हजार १८४ रुपियाँ र नरैनापुरमा १२ करोड ४६ लाख १६ हजार ९६० रुपियाँ निकासा भएको सो कार्यालयले जनाएको छ। 

सोही प्रकारले गत आर्थिक वर्षमा बैजनाथ गाउँपालिकामा २४ करोड पाँच हजार ५४३ रुपियाँ र राप्तीसोनारी गाउँपालिकामा २१ करोड ३६ लाख २६ हजार ५३८ रुपियाँ निकासा भएको थियो।