• १४ साउन २०८१, सोमबार

अजिङ्गर फेला, सामुदायिक वनमा छाडियो

blog

गाउँमा फेला परेको अजिङ्गर ।

अविनाश चौधरी

धनगढी, साउन १४ गते । कैलालीको जोशीपुर गाउँपालिका –३ स्थित भितरियामा दुर्लभ अजिङ्गर फेला परेको छ । अजिङ्गरको उद्धार गरी हरियाली पार्वती सामुदायिक वनमा छोडिएको छ । 

उद्धार गरिएको अजिङ्गर छ मिटर लामो छ ।  सवडिभिजन वन कार्यालय भजनीको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय राहुल बुढाले जानकारी दिनुभयो । हरियाली पार्वती सामुदायिक वनको ब्लक नम्बर ए (सिसौं नर्सरी क्षेत्र) अजीङ्गरको प्राकृतिक बासस्थान क्षेत्र रहेका कारण सो क्षेत्रमा जाँदा सतर्कता अपनाउन आम उपभोक्तालाई आग्रह गरिएको छ ।