प्रतिनिधिसभाको आजको बैठकमा विद्यार्थी बोकेको स्कुल बस कास्कीको पोखरा महानगरपालिका-२१ मा दुर्घटनामा परेको विषय उठेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्ने बताउनुभएको छ ।
स्तरोन्नति र निर्माणका लागि भत्काइएका राजमार्ग, नारायणगढ–बुटवल सडक खण्डको छ वर्षको अवधिमा ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
दाङमा श्रीमानले फलामको रड प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । राजपुर गाउँपालिका–१ रसरी खोला निवासी ३८ वर्षीय गणेश घर्तीले फलामको रड प्रहार गरी ३७ वर्षीया श्रीमती वसन्ती घर्तीको हत्या गरेका हुन् ।
महिला सुत्केरी भएको समयमा झोलिलो र पोसिलो खाना आवश्यक पर्ने भन्दै यहाँका एक स्थानीय तहले सुत्केरी भेट्न जाँदा लोकल भाले लिएर जाने नियम बनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ ।
म्याग्दीका स्थानीय तहले गत आर्थिक वर्ष २०८०/०८१ मा साढे आठ करोडभन्दा बढी आन्तरिक आम्दानी गरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा आठ करोड ७१ लाख ७० हजार दुई सय २८ रुपियाँ आन्तरिक आम्दानी गरेका हुन् ।
सांसद ठाकुरप्रसाद गैरेले लोपोन्मुख बाघको संरक्षणमा नेपालले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । सरकारका मुख्यमन्त्री र मन्त्री बैठकमा अनुपस्थित नभएपछि स्थगित भएको हो ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवर्द्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम–पहिलो चरणअन्तर्गत उपलब्ध १३ अर्ब ३३ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
जिल्लाको देवघाट गाउँपालिका-२ बेसारघारीमा ३५ हेक्टर क्षेत्रफलमा अहिले सिँचाइ पुगेको छ ।
महिला ५७ केती तौल समूहमा मनिता सर्वियाकी खेलाडी मारिका पेरिसिकसँग इप्पोनको आधारमा १०–० ले पराजित हुनुभयो । उहाँ जम्मा एक मिनेट म्याटमा टिक्नुभएको थियो ।