• १४ साउन २०८१, सोमबार

रूसले ३९ वटा युक्रेनी ड्रोन नष्ट गरेको दाबी

blog

मस्को, साउन १४ गते । युक्रेनले सोमबार मुख्य सीमावर्ती क्षेत्रहरूलाई लक्षित गरी फायर गरेका ३९ वटा ड्रोन नष्ट गरेको रूसले दाबी गरेको छ ।

रूसी हवाई प्रतिरक्षा प्रणालीले कुस्रक क्षेत्रमा १९, बेलगोरोड क्षेत्रमा नौ, भोरोनेज क्षेत्रमा तीन र ब्रायन्स्कको आकाशमा पाँचवटा ड्रोन नष्ट गरेको रूसी रक्षा मन्त्रालयले टेलिग्राममार्फत सार्वजनिक गरेको छ ।

यसैगरी, सेन्ट पिटर्सबर्ग नजिकैको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा आतङ्वादी आक्रमणका लागि प्रयासरत अन्य तीन ड्रोन निष्क्रिय पारिएको छ ।

पछिल्लो समय रूसी इन्धन डिपो, ऊर्जा केन्द्र र सीमावर्ती क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणका समाचार आइरहेका छन् । 

रूसले युक्रेनका विद्युत् गृहहरूमा पछिल्दो समय निरन्तर आक्रमण गर्दा युक्रेनमा बिजुलीको गम्भीर अभाव भएको छ । रासस/एएफपी