पाँचथरमा चिया पर्यटनको प्रवर्धन गर्न स्काई डोम निर्माण गरिएको छ । जैविक चिया उत्पादन र प्रवर्धन गर्दै आएको कञ्चनजङ्घा टी स्टेट एन्ड रिसर्च सेन्टर र टी कलेक्टिभिटीले एक करोड रुपियाँ लगानी गरेर स्काई डोम निर्माण गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले गत महिना प्रकाशित गरेको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा आधाआधी जसो विद्यार्थी ननग्रेडेड भए अर्थात् ३५ प्रतिशतभन्दा कम अङ्क प्राप्त गरी माथिल्लो तहमा भर्नाका लागि अयोग्य भए । यसले नीतिनिर्माता, शिक्षाविद्देखि विद्यालय र कक्षाकोठामा व्रिmयाशील शिक्षकसमेतलाई तरङ्गित बनायो । यसका कारण र सुधारका उपायसम्बन्धी बहसले विभिन्न छापा भरिए । समय बित्दै जाँदा यो बहस बिस्तारै सेलाउँदै गएको देखिन्छ । यो यतिमै
माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडाबाट देखिएको खुमै डाँडाको दृष्य ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे दलहरू सहमतिनजिक पुगेका छन् । अहिले त्यसको प्रतिवेदन तयारीको काम भइरहेको छ । कानुनी रूपमा भाषा मिलाएपछि प्रतिवेदन तयार गरिने भएको छ । गृह मन्त्रालयमा सोमबार कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक महेश बर्तौला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सरोकारवालासँग छलफल गरेपछि कानुनी भाषा मिलाएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने निर्णय भएको हो । माओवादी केन्द्रका उपमहासचिव शर्माले टिआरसी विधेयकमा सैद्धान्तिक समझदारी भइसकेकाले कानुनी भाषा मिलाएपछि बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड रुपियाँभन्दा बढी प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । दुध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले सुरु गरेको यस कार्यक्रम कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० रुपियाँ र अन्य जिल्लामा पाँच रुपियाँका दरले ३७ लाख ९१ हजार ४२९ लिटर दुधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदानबापत उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ । जसबाट तीन हजार ७७६ कृषक लाभान्वित भएका छन् ।
नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०-८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ पुगेको छ ।
फोहोरबाट ग्यास उत्पादन गरेर घर घरमा पुर्याउने योजना अनुसार दाङको घोराहीमा निर्माण गरिएको बायोग्यास प्लान्ट उद्घाटन भएको दुई वर्षभन्दा बढी भयो । २०७८ चैत १९ गते घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको उक्त प्लान्ट फोहोर अभावका कारण पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आवमा मुद्दा दर्ता र अपराधका घटना बढेको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यकाका तीन
हुलास स्टिल इन्डस्ट्रिजले विद्युत् प्रसारण लाइनमा प्रयोग हुने ठुला क्षमताको विद्युतीय पोल उत्पादन गर्ने भएको छ । यसका लागि पर्सा जिल्लाको बेल्वा नगरपालिकामा एक अर्ब रुपियाँभन्दा बढी लगानीमा हुलास स्टिलको दोस्रो युनिट स्थापना गरी आवश्यक उपकरण जडान गरिसकेको कम्पनीले जनाएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
मिस नेपालको ‘ग्रान्ड फिनाले’ मा सहभागी हुन मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल आइपुग्नुभएको छ । मिस नेपालको अन्तिम प्रतिस्पर्धा राजधानीमा शनिबार हुँदै छ । दी हिडन ट्रेजरको निम्तोमा मिस माल्टा चेरिस नेपाल आउनुभएको हो । एक साता लामो भ्रमणका लागि मिस माल्टा चेरिससहित पाँच जना आउनुभएको छ । उहाँको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधि पन्चै बाजासहित पुग्नुभएको थियो । नेपालको पर्यटन प्रवर्धक प्रकाश भण्डारीका अनुसार मिस माल्टा चेरिसको भ्रमणले नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भ्रमण टोलीमा मिस माल्टा चेरिससहित केस्टर्न बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु हुनुहुन्छ ।
गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि १२ दिन रहेको पाइएको छ । पर्यटकको भारित औसत दैनिक खर्च आठ हजार ३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्क, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान एकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार गत आवमा भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको पाइएको छ ।
देशभर साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । मन्त्रालयले यस वर्ष १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष साउन १२ गतेसम्म ७८.१ प्रतिशत मात्र रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार सात प्रदेशमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाइँ भएको छ । यस प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये एक लाख ७३ हजार ७९९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ । बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार ग्रेडवृद्धि परीक्षा सुरु हुनुभन्दाअघि नै नतिजा सार्वजनिक गरिसक्ने योजना छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो अन्तिम छ महिनाको सत्तामा छाप छाड्न साहसिक तर दीर्घकालीन कदमका रूपमा सोमबार रूढिवादी प्रभुत्वको सर्वोच्च अदालतमा सुधार गर्ने योजनाको अनावरण गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको छ ।