प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाका सम्बन्धमा आज सङ्घीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै हुनुहुन्छ ।
पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् ।
सन् १९५९ को मे २६ तारिख । पश्चिम जर्मनीको म्युनिखमा बसेको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को ५५ औँ सभाले सन् १९६४ मा १८ औँ गीष्मकालीन ओलम्पिक आयोजनाको निर्णय ग¥यो, जापानको टोकियो शहरमा । जापानले दोस्रो विश्व युद्धपछि ओलम्पिक आयोजना गर्ने भयो । एसियाली मुलुकमा आयोजना हुने यो पहिलो ओलम्पिकसमेत थियो । त्यसैले जापान चाहन्थ्यो एसियाका अन्य मुलुक जस्तै नेपालले पनि टोकियो ओलम्पिकमा भाग लिओस् । नेपालले त्यतिबेलासम्म आइओसीको सदस्यता ग्रहण गरिसकेको थिएन । यद्यपि नेपालले तीन वटा एसियाड
दुई नगरपालिका र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट नौ हजार ८५९ घरमा जस्तापाता लगाइएको छ । नागरिकलाई आगलागी र मनसुनजन्य विपत्बाट बचाई सुरक्षित आवास निर्माणका लागि नौ हजार ८५९ घरमा खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ । मुसीकोट नगरपालिका गुल्मीमा एक हजार दुई सय खरका छाना भएका घरमध्ये एक हजार ५८ घरमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ । बाँकी १४२ घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब पाँच करोड खर्च भएको सूचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीका लागि युएई पठाउने भन्दै काठमाडौँ बस्ने दाङको लमही निवासी दामोदर पोख्रेलले ठगी गरेको भन्दै पाँच जना युवाले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय घोराहीमा रहेको सूचना परामर्श केन्द्रमा गएको जेठ ६ गते उजुरी दिए । घोराही उपमहानगरपालिका–५, भैँसापथ्रा निवासी डम्बर डाँगीको तीन लाख, ओमबहादुर डाँगीको तीन लाख, गोपाल डाँगीको दुई लाख ५० हजार, तुलसीपुर–९, बेलुवाका ओजबहादुर भण्डारीको दुई लाख र सोही ठाउँका वसन्त थापाको एक लाख ९० हजार रुपियाँ ठगी गरेको भन्दै पीडित युवाले उजुरी दिनुभएको थियो ।
पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ ।
वालिङ नगरपालिका–१० का एकदेव ढकाल ९२ वर्ष पुग्नुभयो । युवा अवस्थामा उहाँ पैदल खस्यौली (हालको रुपन्देहीको बुटवल) पुगेर दैनिक उपभोग्य सामग्री ल्याउने गर्नुहुन्थ्यो । उहाँ युवा अवस्थामा कयौँ पटक खस्यौली पुग्नुभयो, त्यसको कुनै गणना नै छैन । आँगनमै गाडी आइपुगेको अहिलेको अवस्था सम्झँदै उहाँ भन्नुहुन्छ, “यस्तो पनि दिन आउँदो रैछ, हामीले त धेरै दुःख गरेका हौँ ।” सातदेखि १० दिनको यात्रापछि आफूहरू खस्यौलीबाट सामान डोकोमा बोकेर वालिङस्थित घर आइपुगेको अनुभव अहिले पनि ताजा छ ढकाललाई । उहाँलाई अहिले युग नै परिवर्तन भए जस्तो लाग्छ ।
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो ।
गत वैशाख १० देखि मनाङको नाम्के खर्कबाट सुरु गरिएको यार्चागुम्बा सङ्कलन सम्पन्न भएको छ । सङ्कलन कार्य सम्पन्न भएसँगै उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्चागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा ३२ किलो पाँच सय ग्राम यार्चागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो । उहाँले उक्त परिमाणको यार्चागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।
आठ वर्षअघिसम्म खच्चडबाट नुन चामललगायत खाद्य ढुवानी हुने तल्लो स्वराड क्षेत्रमा अहिले सरर मोटरगाडी चल्न थालेका छन् । पाटन–पञ्चेश्वर सडक कालोपत्रे गरेपछि तराईबाट बस सिधा तल्लो स्वराड पुग्ने गरेको छ । विगतका दिन सम्झिँदै स्थानीय विजयसिंह नायकले स्वराडमा सडक पुगेपछि बल्ल गाउँ गाउँमा सिंहदरबार आएको अनुभूति सुनाउनुभयो । खच्चडमा सामान ढुवानी गर्नुपर्दा प्रतिकिलो १५ रुपियाँ महँगो चामल खानुपर्ने बाध्यता थियो ।
सीमा सुरक्षार्थ स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) कार्यालय बाढीका कारण विस्थापित भएको छ । मोहना नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपी विस्थापित भएको हो । लल्लीपुरमा रहेको बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा १८ जनाको टोली खटाइएको थियो । विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सीमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते लल्लीपुर बिओपी स्थापना भएको हो । मोहना नदीको बाढीले बिओपी प्रतीक्षालय, सेन्ट्री पोस्ट र आँगन बगाइसकेको छ ।
सिन्धुली जिल्लाका विभिन्न ग्रामीण सडकमा पर्ने खोलाहरूमा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा हालसम्म १० वटा पक्की पुल निर्माण भएका छन् । जिल्लाका विभिन्न खोला तथा नदीमा निर्माणाधीन १२ वटा पक्की पुलमध्ये गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म १० वटा पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
दुल्लु नगरपालिका–१ का पूर्णबहादुर खड्काको मुख्य पेसा कृषि हो । जीवनका पाँच दशक कृषि कर्ममा बिताउनुभएका उहाँले पछिल्लो समय कृषि उत्पादनमा आएको कमीका कारण चिन्तित हुनुहुन्थ्यो । जति मेहनत गरे पनि उत्पादनमा कमी आएपछि कृषिकर्म नै छोड्नै लाग्नुभएका उहाँलाई पछिल्लो समय सञ्चालन भएको जलवायुमैत्री कृषक पाठशालाले उहाँलाई कृषि पेसामा आशा पलाएको छ । उहाँले फेरि कृषि पेसामा समय बिताउने प्रण गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।