• १४ साउन २०८१, सोमबार

चीनमा चालकविहीन सरसफाइका सवारीसाधन सडकमा

blog

चीन, साउन १४ गते । जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाइ सवारी साधनहरू खटाइएको छ । चालकविहीन सरसफाइका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाइ गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

सरसफाइ, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनका लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाइ कर्मचारीका लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ ।

चीनले सन् २०२२ देखि चालकविहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर भने सरसफाइमा खटाएको हो । आगामी दिनमा शहरलाई व्यवस्थित र सफा राख्न सहयोग पुर्‍याउने बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल