कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि धार्मिक पर्यटनको विकास गर्नु पर्ने बताउनु भएको छ।
करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०८०/८१ मा २२ लाख ५० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि बुधबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने जनाइएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनका रूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताउनुभएको छ ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका सामुदायिक विद्यालयमा स्मार्ट टिभी जडान गरिएको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई सूचना प्रविधिमैत्री ढङ्गले पठनपाठनका लागि पहिलो प्राथमिकतामा राखेर नगरभित्रका ११ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी जडान गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ। मंगलबारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो।
गोरखापत्र संस्थानले सम्पादक, विभागीय प्रमुख तथा शाखा प्रमुखहरुका लागि ‘गोरखापत्र ः गर्दै–सिक्दै’ शृङ्खला अन्तर्गत कार्यसम्पादन व्यवस्थापन प्रणाली विषयक गोष्ठी आयोजना गरेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबर्ट र साइबर सुरक्षासम्बन्धी परियोजनाहरूको प्रदर्शनी ‘टेक एक्स २०२४’ सुरु भएको छ ।
आउँदो भदौ ३ देखि १० गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको पुरस्कार राशि वृद्धि गरिएको छ। सदरमुकाम फुङ्लिङमा आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि यसवर्ष वृद्धि गरिएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
नेपालगन्ज ४ स्थित कन्या माविमा अध्ययनरत मुस्लिम र मधेशी समुदायका १४० जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सांसदहरूले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दुधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्निदहन’को फस्टलुक सार्वजनिक भएको छ।
प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सांसद ईश्वरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डल समावेशी नभएकामा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।