• ११ मंसिर २०८१, मङ्गलबार

‘इजरायली आक्रमण’मा हमासका प्रमुख नेता इस्माइल हानियाको मृत्यु

blog

काठमाडौँ, साउन १६ गते । इजरायलको आक्रमणमा हमासका प्रमसख नेता इस्माइल हानिया मारिएका छन् । बुधबार हमासले आफ्ना प्रमुख नेता हानिया इजरायल कारबाहीमा तेहरानमा मारिएको जनाएको हो ।

हमासले एक विज्ञप्ति जारी गर्दै हानियाको मृत्यु भएको पुष्टि गरेको छ । उहाँ ६२ वर्षका हुनुहुन्थ्यो ।

हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरायलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो ।

समाचारसंस्था एएफपीका अनुसार इरानको रेभलूशनरी गार्ड कोरले उक्त ‘घटना’ कसरी भयो भन्ने स्पष्ट नभएको तर छानबिन भइरहेको जनाएको छ ।

हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेश्कियानले पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान जानुभएको थियो ।