• १८ साउन २०८१, शुक्रबार

टेलिकमको प्याकेज खरिद र व्यालेन्स रिचार्ज सेवा प्रभावित हुन सक्ने

blog

काठमाडौँ, साउन १७ गते । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा  प्रभावित हुन सक्ने टेलिकमले जनाएको छ ।

बिहीबार सूचना जारी गर्दै टेलिकमले नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब ४ घण्टा अवधिका लागि सेवा प्रभावित हुन सक्ने जनाएको छ । ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाएको छ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ । 

अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने जनाएको छ ।