• १८ साउन २०८१, शुक्रबार

एमाले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर

blog

नेकपा (एमाले) पार्टी केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, साउन १७ गते। सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) ले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बुधबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो। 

यसअघिका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टबाहेक इन्चार्जको जिम्मेवारी फेरिएको हो। 

कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ र कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी इन्चार्ज बन्नुभएको छ।  यसअघि कोशी प्रदेशमा रघुवीर महासेठ, मधेश प्रदेशमा योगेश भट्टराई, गण्डकी प्रदेशमा गुरु बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज हुनुहुन्थ्यो। 


एमालेले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले रिक्त उपाध्यक्ष पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गरेको हो। बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको महासचिव पोखरेलले जानकारी दिनुभयो। 

यो पनि पढ्नुहोस

एमाले सचिवालय बैठक जारी, नेताको कार्य विभाजन हुने

एमाले उपाध्यक्षमा गुरु बराल मनोनीत