• १८ साउन २०८१, शुक्रबार

जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन

blog

कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन १८ गते । कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले सो निर्देशन दिनुभएको हो ।

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय सङ्घीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिव लगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरीय सम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराउनुभयो ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउने गरी परिणाममुखी काम गर्न मन्त्रालयका अधिकारीहरूले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।