• १८ साउन २०८१, शुक्रबार

प्रतिनिधि सभाको बैठक एक दिनपछि सर्‍यो

blog

काठमाडौँ, साउन १८ गते । प्रतिनिधि सभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ । यही साउन २० गते आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक साउन २१ गते सोमबार दिउँसो १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो । सचिवालयद्वारा बैठक बस्ने दिन र समय परिवर्तनसम्बन्धी जारी सूचनामा आइतबार सार्वजनिक बिदा परेकाले उक्त दिन सो समयमा सभाको बैठक बस्न नसक्ने उल्लेख गरिएको छ । रासस