• ४ जेठ २०८२, आइतबार

कक्षा १२ को परीक्षामा वडाअध्यक्ष उत्तीर्ण

blog

कक्षा १२ को परीक्षामा उत्तीर्ण हुनुभएका वडाअध्यक्ष शिवप्रसाद खनाल। तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, साउन १८ गते। ५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिनुभएका वडाअध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण हुनुभएको छ। उहाँ मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हुनुहुन्छ। आफ्नो नाति नातिनीको उमेरका बालबालिकासँगै पठनपाठन गर्दै उहाँ कक्षा १२ को परीक्षामा सहभागी हुनुभएको थियो। 

निर्मल बहुमुखी क्याम्पस बस्तीपुर परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुनुभएका उहाँ राजनीतिक तथा सामाजिक काम गर्दा शिक्षाको अति नै महत्त्वपूर्ण भूमिका हुने भएकाले  पढाइलाई निरन्तरता दिएको बताउनुहुन्छ। पढाइ र ज्ञान आर्जनका लागि कुनै उमेर नहुने मान्यता राख्नुभएका खनाल शिक्षा र सामाजिक क्षेत्रमा जीवन रहेसम्म सक्रिय हुने धारणा राख्नुहुन्छ।